२०८२ आश्विन २८ गते मंगलवार
मोरङ । नेकपा माओवादी केन्द्रले हिजोदेखि सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको केन्द्रीय टोली आज दोस्रो दिन मोरङ पुगेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरूले मोरङको कानेपोखरी गाउँपालिका ६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयाँलको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरु गरेको हो ।
सो अवसरमा काँग्रेस, एमाले र जसपाबाट जयराज सँयोग लिम्बु, नारायण कार्की, बिबेक खनाल, सिता तामाङ्ग राईलगायत ९५० जना माओवादी पार्टी प्रबेश गरेका छन् । अध्यक्ष प्रचण्डले जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको उल्लेख गर्दै सत्य निरूपण तथा मेलमिलाप आयोग भने पीडित परिवारलाई न्याय र परिपूरणको व्यवस्था हुने बताए ।
सहिद परिवारका सदस्यहरूले आफ्ना परिवारका सदस्यको रगत खेर जान नदिन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने, उनीहरूको सपना पूरा गर्नुपर्ने, हरेक वर्ष स्मृति दिवस मनाउन पार्टीले क्यालेन्डर बनाउनुपर्ने, सहिदको गाउँमा सहिद पार्क बनाउनुपर्ने सुझाव दिएका थिए ।
अभियानअन्तर्गत केन्द्रीय टोलीले एक दिन, एक जिल्ला, एक जिल्ला तीन मुख्य कार्यक्रम गर्दै छ। जसअनुसार आज रतुवामाईमा आयोजित कार्यक्रममा काँग्रेस र एमालेबाट ८ सय भन्दा बढी पार्टी प्रबेश गरेको महासचिब देब गुरुङ्गका स्वकिय सचिब नबराज थापाले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij