Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

सरकारले काठमाडौं महानगरलाई बन्धक बनायो : ज्ञानेन्द्र शाही

सरकारले काठमाडौं महानगरलाई बन्धक बनायो : ज्ञानेन्द्र शाही


  • 1.3K
    Shares

    सरकारले काठमाडौं महानगरलाई बन्धक बनायो :  ज्ञानेन्द्र शाही
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले केपी शर्मा ओली नेतृत्वको सरकारले  प्रमुख प्रशासकीय अधिकृत नपठाएर काठमाडौँ महानगरपालिकालाई बन्धक बनाएको बताएका छन् । 

    मंगलबार प्रतिनिधिसभाको शून्य समयमा सांसद शाहीले सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा सरसफाइकर्मी र शिक्षक र कर्मचारीले पारिश्रमिक पाउन नसकेको बताए । 

    नयाँ आएका नगर प्रमुखलाई असहयोग गर्न प्रमुख प्रशासकीय अधिकृत नपठाउनुभन्दा आगामी स्थानीय तहको निर्वाचनमा निर्वाचन नगरी आफ्ना कार्यकर्तालाई अबिर जात्रा गरी नगरप्रमुखको रूपमा पदभार ग्रहण गर्ने व्यवस्था गर्न माग गरे ।

    प्रकाशित मिति :फाल्गुण १३ २०८१ मंगलवार - १३:३७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij