२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । नेकपा माओवादी केन्द्रको हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियानको दोस्रो दिनको कार्यक्रम आज मोरङ जिल्लामा जारी छ । अहिले मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आमसभा भइरहेको छ ।
आमसभामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पार्टीका उपमहासचिवसम्मका शीर्ष नेताहरु सहभागी छन्। तर, पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आजको सभामा देखिएका छैनन् ।
श्रेष्ठ आज चितवनका शहीद परिवारसँग भेटघाट शहीद पार्क शितलपुर गर्ने, माडीका अगुवा कार्यक्रता प्रशिक्षण र शिवरात्री मेलाको उद्घाटन गरेर साँझ अभियानमै फर्किने तयारी रहेको जनाइएको छ । उनले चितवन पुगेर अध्यक्षकै आग्रहमा बोलेको भएपनि मनोवैज्ञानिक अवरोध सिर्जना गरिएको बताए ।
उनले भने, ‘अध्यक्षले बोलेपछि अरुले बोल्नुपर्दैन भन्नेमा थिएँ । तर, अध्यक्षले भनेपछि सबैले बोल्ने तय भयो । बोल्ने क्रममा मलाई मनोवैज्ञानिक अवरोध भयो । त्यसले मलाई बिझायो । त्यसपछि मैले नबोलेको हो ।’
त्यो घटनालाई सामान्य रूपमा लिन आग्रह गर्दै श्रेष्ठले प्रचण्डकै नेतृत्वमा आफूहरू एकताबद्ध भएर अघि बढ्ने प्रण गरे । उनले सार्वजनिकरूपमा माफी माग्दै पार्टीको अभियानलाई कुनै असर नपार्ने बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij