Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

यस्ता छन् केन्द्रीय कमिटीले पास गरेको १७ बुँदे प्रस्ताव (पूर्णपाठ)

यस्ता छन् केन्द्रीय कमिटीले पास गरेको १७ बुँदे प्रस्ताव (पूर्णपाठ)


  • 2.1K
    Shares

    यस्ता छन् केन्द्रीय कमिटीले पास गरेको १७ बुँदे प्रस्ताव (पूर्णपाठ)
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका स्वरूप, विद्यार्थी सङ्गठन र विधान लगायतको विवादबारे निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ ।  फागुन ९ र १० गते बसेको सो पार्टीको दोस्रो पूर्ण बैठकले आन्दोलनका कार्ययोजना पारित गरे पनि स्वरूपबारे निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिएको हो । 

    केन्द्रीय कमिटीका २९८ सदस्य उपस्थित बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, विनियमहरु, विभिन्न निर्देशिकाहरू, महाधिवेशनको सामान्य समीक्षा, पार्टीको तात्कालिक कार्य योजना र पार्टीका तात्कालिक सङ्गठनात्मक तथा विभिन्न राजनीतिक विषयमा छलफल भएको थियो । 

    बैठकले वर्तमान सरकार नालायक र दमनकारी बन्दै जाने र सडकले सही बाटो नभेटाएर अराजक र पपुलिष्ट बन्दै जाने वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै पार्टी जनतामाझ जाने निर्णय गरेको छ । सो पार्टीले राजनीतिलाई सही दिशामा डोर्‍याउने आन्दोलनको कार्य योजनाका रूपमा पार्टीको आगामी कार्य योजना प्रस्ताव पारित गरेको छ ।

    त्यस्तै पार्टीको नियमावली, विनियमहरू, विभिन्न निर्देशिका र महाधिवेशनको सामान्य समीक्षा सुझावसहित पारित गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

    केन्द्रीय समिति बैठकमा प्राप्त सुझावहरूलाई समेटी तात्कालिक कार्य योजना र अन्य दस्ताबेजहरू सम्पादन गर्न र केन्द्रीय कमिटी बैठकमा उठेका सङ्गठनलगायत विषयहरूमा निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको सो पार्टीले जनाएको छ । 

    बैठकले विभिन्न समसामयिक विषयमा पार्टीको धारणाका रूपमा २० बुँदे प्रस्ताव पारित गरेको छ । 

    ‘सरकारले संसद्लाई छलेर विभिन्न अध्यादेशहरू जारी गरेको छ । संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई अध्यादेश ल्याउनु संविधान, ऐन–कानुन, संसद् नियमावली र स्थापित अभ्यासको समेत उल्लङ्घन हो’, सो पार्टीले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने प्रावधान राखेर ल्याइएको अध्यादेशको अन्तर्वस्तुमा पनि सहमत हुन सकिन्न ।’ बैठकले अध्यादेशहरूलाई प्रक्रिया र अन्तर्वस्तु दुवै हिसाबले विरोध गर्दै अध्यादेशहरू निर्णयार्थ पेश भएमा विरोधमा मतदान गर्ने कुरा स्पष्ट पारेको छ । 

    त्यस्तै भारतको ओडिसा राज्यको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणप्रति एकीकृत समाजवादीले  ध्यानाकर्षण भएको जनाएको छ । 

    मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र भारतमा नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूतिका लागि आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ । 

    त्यस्तै मुलुकमा भ्रष्टाचार मौलाएको र भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको भन्दै सो पार्टी सहकारी ठगी, मिटर ब्याजी, अनलाइन ठगिले गर्दा गरिब जनताको जीवन कष्टकर हुँदै गएको निष्कर्ष निकालेको छ । 

    पारित समसामयिक प्रस्तावको पूर्णपाठ:

     

    प्रकाशित मिति :फाल्गुण १२ २०८१ सोमवार - १६:५०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij