Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

अज्ञात समूहको आक्रमणमा परि पूर्व उप–प्रधानपञ्च घर्तीको निधन

अज्ञात समूहको आक्रमणमा परि पूर्व उप–प्रधानपञ्च घर्तीको निधन


  • 7.0K
    Shares

    अज्ञात समूहको आक्रमणमा  परि पूर्व उप–प्रधानपञ्च घर्तीको निधन

    रुकुम पूर्व । अज्ञात समूहको आक्रमणमा परि घाइते भएका साबिक रुकुमको जाङ गाविसका पूर्व उप-प्रधानपञ्च रणबहादुर घर्तीको निधन भएको छ । 

    रुकुम पूर्वको पृथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ७ खारखोला निवासी ७४ वर्षीय घर्तीको सोमबार राति काठमाण्डौमा उपचारको क्रममा निधन भएको हो । 

    गएको कार्तिक २९ गते घरमै बसेको समयमा ३ जना अज्ञात व्यक्तिहरुले उहाँमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेर गम्भीर घाइते हुनुभएका घर्तीलाई उपचारको लागि जिल्ला अस्पताल रुकुम पूर्व, दांग, नेपालगञ्ज हुँदै काठमाण्डौ पुर्याइएको थियो ।

    घरमै रहेको अवस्थामा आक्रमणकारीहरुले फलामको घन, लाठी, हम्बरले आक्रमण गरेको परिवारका सदस्यहरुले बताएका छन् । आक्रमणमा परेर घर्तीका श्रीमती र छोरी समेत घाइते भएका थिए ।

    रोइकराई गरेपछि बुवालाई घाइते अवस्थामै आक्रमणकारीहरुले छोडेर भागेको रणबहादुरको छोरी लक्ष्मी घर्तीले बताइन् ।  आक्रमणमा संलग्न भएको भन्दै पीडितले तीन जना व्यक्ति बिरुद्ध किटानी जाहेरी दिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले किटानी जाहेरीमा परेकाहरु फरार रहेको र उनीहरुको खोजिकार्य भैरहेको बताए ।

    प्रकाशित मिति :मंसिर १६ २०७७ मंगलवार - ११:०४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij