Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

अभिमुखीकरण कार्यक्रम

माओवादीले चैत मसान्तसम्म ७५३ वटै पालिकामा वडास्तरीय भेला गर्ने

माओवादीले चैत मसान्तसम्म ७५३ वटै पालिकामा वडास्तरीय भेला गर्ने


  • 1.7K
    Shares

    माओवादीले चैत मसान्तसम्म ७५३ वटै पालिकामा वडास्तरीय भेला गर्ने
    images

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित जनप्रतिनिधिहरूको दुई दिने राष्ट्रिय भेला चैत मसान्तसम्म सातै प्रदेशमा वडास्तरीय अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । शनिबारदेखि काठमाडौँमा सुरु भएको विज्ञसहितको भेलालाई निरन्तरता दिने गरी आइतबार सम्पन्न भएको हो ।

    स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणमा  जनप्रतिनिधिको तर्फबाट ९ जनाले अनुभूतिजन्य रिपोर्ट प्रस्तुत गरेका थिए । भेलालाई समापन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञले दिएको सुझाव, केन्द्रीय समिति बैठकले पारित गरेको दस्ताबेज, पार्टीको घोषणापत्रको आधारमा काम गर्न प्रतिनिधिहरूलाई निर्देशन दिएका थिए ।

    माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले स्थानीय तहमा समाजवाद निर्माणका लागि भेला महत्त्वपूर्ण भएको दाबी गरे । माओवादीले जितेका पालिकालाई ‘रोल मोडेल’ बनाउने गरी समीक्षा भएको उनको भनाइ छ ।

    यस्ता कार्यक्रम पहिलेदेखि नै गरेको भए पनि बिचमा निरन्तरता दिन नसकिएको सम्बन्धमा समीक्षा भएको उनले जानकारी दिए । उनले केन्द्रीय समितिले पारित गरेको दस्ताबेजको आधारमा विज्ञको सुझावसहित कार्यान्वयन गर्ने र त्यसको प्रतिफल के आउँछ रु त्यसको समीक्षासहित फेरि एक वर्षमा बस्ने गरी भेला सम्पन्न भएको बताए ।

    ‘अब अभियानकै क्रममा सातै प्रदेशमा वडास्तरीय भेला यही चैत मासान्तसम्ममा जनप्रतिनिधिसहित वडास्तरमा गर्नेछौँ । जनप्रतिनिधिसम्बन्धी कार्यक्रम केही समय पहिले गरेका थियौँ, तर त्यसलाई निरन्तरता दिन सकिएन । यस कार्यक्रमको समीक्षासहित अर्को वर्ष फेरि संश्लेषण गर्नेछौँ,’ उनले भने ।  

    उपाध्यायका अनुसार स्थानीय तहमा, सुशासन र समृद्धिको पक्षमा जनताले प्रश्न उठाउन नसक्ने गरी राम्रो काम गर्न अध्यक्ष प्रचण्डले जनप्रतिनिधिलाई सुझाव दिएका थिए ।

    ‘सर्वसुलभ तरिकाले जनतालाई सेवा प्रवाह गर्नु पहिलो सर्त हो भने दोस्रो सुशासन हो । यसलाई कार्यान्वयन गर्न कुनै ऐन कानुनले रोकेको छैन । कांग्रेस–एमालेको तुलनामा माओवादीले जितेका प्रतिनिधिमाथि कम प्रश्न उठेका छन् । कहीँ कतै प्रश्न उठ्ने उठेका छन् भने अब सोच्ने तरिकै बदल्ने हो’ प्रचण्डको भनाई उद्धृत गर्दै उनले भने, ‘तेस्रो कुरा समृद्धिका कुरा छन् त्यसलाई केन्द्रीय समिति बैठकले पास गरेको दस्ताबेज छ । पार्टीको घोषणापत्र छ । विज्ञहरूले दिएका सबै सुझाव सबैलाई एकीकृत गरेर अध्ययन गरी यी कुरालाई न्यूनीकरण गर्नुहोला अध्यक्षले भन्नुभएको छ ।’

    भेलामा प्रतिनिधिले आ–आफ्ना पालिकामा भएका अनुभव, सेवा प्रवाहमा देखिएका समस्या, कानुनी तथा वित्तीय अप्ठ्याराबारे रिपोर्टिङ गरेको उपाध्यायले बताए । ‘कतिपय कानुन अभावका कारण सेवा प्रवाहमा समस्या देखिएका छन् । कतिपय प्रशासनिक झन्झटिलोका कारण जनगुनासा आउने गरेको कुरा पनि राख्नुभएको थियो ।  अर्को स्थानीय तह मात्र भनेर हुँदैन, बजेट अभाव छ । प्रदेश र संघले पनि सूचीकृत गर्नुपर्ने हुन्छ । त्यसबारे पनि समीक्षा भएको छ,’ उनले भने ।

    भेलामा माओवादीले जितेका १२३ पालिका प्रमुखरअध्यक्ष र १३४ उपप्रमुखरउपाध्यक्ष, सम्बन्धित पालिकाका पार्टी अध्यक्ष, प्रदेश इन्चार्जरअध्यक्षहरूको सहभागिता रहेको थियो । अध्यक्ष प्रचण्डको सम्बोधन, जनप्रतिनिधिहरू रिपोर्टिङ सकिएपछि विज्ञहरूले स्थानीय तहका विकास मोडेलबारे अवधारणा राखेका थिए । 

    विज्ञ सोमत घिमिरेले सम्बन्धित पालिकाको विशेषताका आधारमा आफ्ना मौलिकता झल्किने गरी विकास मोडेल अपनाउनुपर्नेमा जोड दिएका थिए । यस्तै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठले विगतमा अपनाइएका विकास मोडेल कसरी असफल भयो भन्ने विषयमा धारणा राखेका थिए । यसै गरी विमल फुयाँलले शैक्षिकसम्बन्धी र गोकर्ण भट्टले आइसिटी क्षेत्रबारे आ–आफ्ना धारणा राखेका थिए ।

    प्रकाशित मिति :फाल्गुण ११ २०८१ आइतवार - १६:१७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij