२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी सोमबारसम्म नयाँ अध्यक्ष पाउने लगभग निश्चित भएको छ।
प्राधिकरणको नयाँ अध्यक्ष नियुक्तिका लागि छानिएका उम्मेदवारहरूले अन्तर्वार्ता र प्रस्तुतिकरण दिएका छन्। सिफारिस समितिले पाँच जनाको नाम संक्षिप्त सूचीमा प्रकाशित गर्दै शनिबारका लागि प्रस्तुतिकरण र अन्तर्वार्तामा बोलाएको थियो।
शनिबार दिउँसो २ बजेदेखि सुरु भएको अन्तर्वार्ता र प्रस्तुतिकरण साँझ ६ बजेसम्म चलेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij