२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले जातीय समस्या वर्गीय समस्याकै भिन्नरूप भएको बताएका हुन् ।
शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै महासचिव गुरूङले सो कुरा बताएका हुन । ‘जातीय प्रश्न राष्ट्रियतासँग अभिन्न रूपले जोडिएको छ। उत्पादन सम्बन्धका आधारमा नै जाति निर्माण हुन्छ। यसलाई अलग अलग रूपमा बुझ्नु हुँदैन।’भेलामा गुरुङले कम्युनिस्ट आन्दोलनको माओवादी केन्द्रले मात्र गर्न सक्ने भन्दै त्यो काम एमालेले गर्न नसक्ने बताएका छन् ।
भेलामा पूर्वसभामुख तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य ओनसरी घर्तीले उत्पीडित जाति र समुदाय शक्तिशाली भए मात्र बलियो राष्ट्रिय एकता कायम हुने बताएका छन्। ‘उत्पीडितहरूको पक्षमा माओवादी पार्टीले अविराम संघर्ष गरेका छन्। माओवादी पार्टीको संघर्षकै कारण उत्पीडित जातिहरूले अधिकार पाएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij