२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । रूरू जलविद्युत आयोजनाको आइपिओ भोलि शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार आइपिओ बाँडफाँडको तयारी सकिएको छ।
कम्पनीको आइपिओ करिब १६ लाख ७१ हजारले भरेका छन्। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा २० रुपैयाँ थपेर प्रतिकित्ता १२० रुपैयाँ मूल्यमा आइपिओ निष्कासन गरेको हो। सर्वसाधारणका लागि ३ लाख ७९ हजार १६७ कित्ता सेयर बिक्रि गरिनेछ।
यस हिसावले ३७ हजार ९ सय १० जनाले १० कित्ताका दरले र तिमध्येबाट ७ जनाले ११ कित्ताका दरले सेयर पाउने संभावना छ ।कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा छ ।
कम्पनीको वित्तीय विवरणअनुसार प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ छ । कम्पनीले गुल्मी जिल्लामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।
धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ताका दरले बाँडफाँड गर्नुपर्नेछ । यो कम्पनीमा सबैलाई १० कित्ताका दरले बाँडफाँड गर्न पुग्दैन ।
३७ हजार ९ सय १० जनालाई १० कित्ताका दरले बाँडफाँड गरेपछि ७ कित्ता बाँकी रहन्छ । त्यसैले ७ कित्तालाई १–१ कित्ताका दरले तिनैमध्येबाट ७ जनालाई थपेर दिइनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij