२०८२ भाद्र १२ गते बिहिवार
झापा शिवसताक्षी नगरपालिका-११ दुधेस्थित पूर्व–पश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अर्का १ जना गम्भीर घाइते भएका छन् ।
आज बिहीबार बिहान साढे ४ बजे पश्चिमतर्फ जादै गरेको बा२१च ७९८४ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा एम्बुलेन्स चालक ललितपुर गोदावरी नगरपालिका ७ का २० बर्षीय उत्सव घिमिरे र सोहि एम्बुलेन्समा सवार सोही स्थान बस्ने २० बर्षीय सन्तोष तामाङ गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।
उनीहरु दुवैलाई उपचारको लागी बी एण्ड सी अस्पताल बिर्तामोड लैजाँदै गर्दा चालक घिमिरेको बाटैमा मृत्यु भएको र तामाङको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij