२०८२ माघ ७ गते बुधवार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा दुई जना प्रहरी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
ईलाका प्रहरी कार्यालय खुर्द, खजुरा, बाँकेमा कार्यरत इन्चार्ज प्रनानी लुद्रबहादुर केसी र प्रहरी हवल्दार राजेश बहादुर द्वाल विरुद्ध मुद्दा दायर गरिएको हो। सई केसी र हवल्दार द्वाल उपर बिगो रु १३ हजार कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
आयोगका अनुसार प्रहरी हवल्दार द्वालले हाल निजी जग्गामा रहेको आँप जातको काठ चिरान मिल र इट्टा भट्टामा लैजानको लागि सहजीकरण गरिदिने भनि सेवाग्राहीसँग रु १३ हजार घुस रकम लिएका थिए।
अनुसन्धानको सिलसिलामा सो रकम प्रहरी नायव निरीक्षक केसी र हवल्दार द्वाल दुवै जनाले घुस बापत माग गरेको खुल्न आएको अख्तियारले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij