Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

४३३ कोरोना संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत, कुन प्रदेशमा कति ?

४३३ कोरोना संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत, कुन प्रदेशमा कति ?


  • 6.9K
    Shares

    ४३३ कोरोना संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत,  कुन प्रदेशमा कति ?

    काठमाडौं । देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ३३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु÷र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांक अनुसार ५८ जना भेन्टिलेटरमा र ३ सय ७५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। 

    आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १५९ जना आइसियु र ३५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७२ जना आइसियु र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३२ जना आइसियु र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा ४ आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । 

    त्यस्तै सुदुरपश्चिममा ५ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९४ आइसियु र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन् । 

     

    प्रकाशित मिति :मंसिर १५ २०७७ सोमवार - १६:४१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij