२०८२ माघ १० गते शनिवार
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य थोरै बढ्दा अधिकांश विदेशी मुद्रा सस्तिएका छन्। कुबेती दिनार, पाउन्ड, युरो, अस्ट्रेलियन डलरसहितका मुद्राको विनियमदर आज घटेको हो। यी मुद्राको मूल्यमा तीन दिनयता लगातार गिरावट आइरहेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७७ पैसा छ।हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७४ पैसा थियो।
यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो। त्यसैगरी आज युरो एकको खरिदर एक सय ४३ रुपैया ७८ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ४० पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ०५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ६८ पैसा थियो।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij