Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

यस्तो छ आज बुधवारको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आज बुधवारको विदेशी मुद्रा विनिमय दर


  • 2.4K
    Shares

    यस्तो छ आज बुधवारको विदेशी मुद्रा विनिमय दर
    images

    नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, पाउन्ड, युरो, अस्ट्रेलियन डलरसहितका मुद्रा भने आज सस्तिएका छन्। यी मुद्राको मूल्य हिजो पनि घटेको थियो।

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७४ पैसा छ।हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४६ पैसा थियो। 

    यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो। 

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४४ रुपैया ०५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ६८ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५६ पैसा थियो।

    त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ १८ पैसा थियो। 

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    111111.png

    प्रकाशित मिति :माघ १६ २०८१ बुधवार - ०५:३६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij