Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

युरो र पाउन्डको भाउ बढ्यो, अरु मुद्राको विनिमयदर कति ?

युरो र पाउन्डको भाउ बढ्यो, अरु मुद्राको विनिमयदर कति ?


  • 1.5K
    Shares

    युरो र पाउन्डको भाउ बढ्यो, अरु मुद्राको विनिमयदर कति ?
    images

    नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य यथावत रहँदा अस्ट्रेलियन डलर, कुबेती दिनारसहितका मुद्राको मूल्य घटेको छ। तर, पाउन्ड, युरोसहितका मुद्रा भने महँगिएका छन्। 

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ २४ पैसा छ। हिजो र अस्ती पनि पनि अमेरिकी डलरको कारोबार यहीदरमा भएको थियो।

    यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो। 

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४४ रुपैया ४४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ०७ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ९९ पैसा थियो। 

    Screenshot_2025-01-27_043335_jOBKxiIqYK.png

    प्रकाशित मिति :माघ १४ २०८१ सोमवार - ०६:२२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij