२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेपालको अचार अस्ट्रेलियादेखि जापानसम्म निर्यात भएको छ । चालु आर्थिक वर्षको पौष मसान्तसम्म विदेशमा ९ करोड रुपैयाँ बढीको अचार नेपालले बेचेको भन्सार विभागको तथ्यांकले जनाएको छ ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालबाट ९ करोड रुपैयाँ बढीको अचार निर्यात भएको छ । ६ महिनाको अवधिमा नेपालबाट १ लाख १३ हजार ३३७ किलो अचार निर्यात हुँदा ९ करोड ८५ लाख ८१ हजार रुपैयाँ आम्दानी भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार नेपालबाट १० वटा विदेशी मुलुकमा अचार निर्यात भएको छ । नेपालबाट विशेषगरी अस्ट्रेलिया, बेलजियम, क्यानडा, डेनमार्क, इटली, जापान, कोरीया, मलेसिया, युनाइटेड किङडम र युनाइटेड स्टेड जस्ता मुलुकमा अचार निर्यात हुने गरेको छ ।
साथै, सबैभन्दा धेरै अचार निर्यात अस्ट्रेलियामा हुन्छ । अस्ट्रेलियामा ३६ हजार किलो अचार निर्यात हुँदा ३ करोड ७ लाख रुपैयाँ आम्दानी हुन्छ ।
त्यसैगरी बेलजियममा ६४ लाख ८६ हजार रुपैयाँको अचार निर्यात हुन्छ । क्यानडामा ४० लाख ८८ हजार, डेनमार्कमा १६ लाख ९६ हजार, इटलीमा १ करोड ६४ लाख, जापानमा ६९ लाख ४६ हजार, कोरियामा ७६ लाख ९८ हजार, मलेसियामा १९ लाख २९ हजार, युनाइटेड किङडममा २० लाख ८ हजार र युनाइटेड स्टेडमा २ करोड ५ लाख रुपैयाँ बढीको अचार निर्यात हुने गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij