२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले काठमाडौं दरबारमार्गमा रहेको हार्ड रक क्याफेमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
छुट उपलब्ध गराउने सम्बन्धी विषयमा दुवै पक्षबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकले हार्ड रक क्याफेको फुड र बेभरेज (नन्अ-ल्कोहलिक)मा उक्त छुट पाउने छन् । छुट पाउनका लागि सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने छ ।
यस सम्झौताले नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij