Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

लस एन्जलसमा फेरि दन्कियो डढेलो, हजारौँलाई सुरक्षित स्थानमा सारियो

लस एन्जलसमा फेरि दन्कियो डढेलो, हजारौँलाई सुरक्षित स्थानमा सारियो


  • 1.8K
    Shares

    लस एन्जलसमा फेरि दन्कियो डढेलो, हजारौँलाई सुरक्षित स्थानमा सारियो
    images

    काठमाडौं । अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरि डढेलो दन्किएको छ । अधिकारीहरूले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारेका छन् । अहिले आगलागी भएको क्षेत्र सहरबाट ४५ माइल टाढा छ ।

    कास्टेइक ताल नजिकैको पहाडी क्षेत्रमा अहिले डढेलो लागेको हो । यसको नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन्, जसमा अहिलेसम्म कुनै क्षति भने भएको छैन। 

    डढेलो ८ हजार एकडभन्दा बढी क्षेत्रफलमा फैलिसकेको छ । तीव्र गतिमा चलिरहेको हावा र सुकेका झाडीहरूले गर्दा डढेलो झन् झन् फैलिरहेको बताइएको छ । आसपासका क्षेत्रका करिब १९ हजार बासिन्दाहरू उक्त क्षेत्र छोड्न बाध्य भएको बताइएको छ । 

    क्यालिफोर्निया राज्यका अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेका छन् । लस एञ्जलसमा डढेलो सुरु भएको एक हप्ताभन्दा बढी भइसकेको बताइएको छ । यसमा परेर हजारौँ घर ध्वस्त भएका छन् भने २५ जनाको मृत्यु भइसकेको छ । 

    प्रकाशित मिति :माघ १० २०८१ बिहिवार - ०८:३२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij