२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (मंगलबार)देखि ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई पनि खोप लगाउँदै छ ।
यो उमेर समूहका जनतालाई चिनियाँ कम्पनीको कोभिड खोप भेरोसेल लगाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।आजदेखि नै चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका १८ देखि ६० वर्षका व्यक्तिलाई पनि लगाउने निर्णय गरेको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्यकर्मी फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij