२०८२ भाद्र ५ गते बिहिवार
धरान नगरपालिका स्थापना कालका प्रथम निर्वाचित उपसभापतिसमेत रहेका वामपन्थी बुद्धिजीवि कृष्णप्रसाद श्रेष्ठ(बि.ए. कृष्ण)को निधन भएको छ। श्रेष्ठको हिजो दिउँसो धरान १ स्थित निवासमा ८७ वर्षको उमेरमा निधन भएको हो। स्वर्गीय श्रेष्ठ धरानका पहिलो कम्युनिष्ट नेताको रुपमा पनि परिचित छन् ।
श्रेष्ठ धरानबाट स्नातक तह (बि.ए.) उत्तीर्ण गर्ने पहिलो २ जना व्यक्तिमा पनि पर्छन् । श्रेष्ठ र यज्ञप्रसाद आचार्य बिए पास गर्ने पहिलो व्यक्ति थिए। पब्लिक माध्यमिक विद्यालयबाट पहिलो ब्याचको एसएलसी पास गर्ने व्यक्ति पनि थिए ।
धरानमा बिए पास गर्ने पहिलो व्यक्तिहरू हुन् । श्रेष्ठले राम्रो अंक ल्याएको र कृष्णप्रसाद नाम गरेका व्यक्तिहरू धेरै भएकोले उनलाई बि.ए. कृष्ण भनेर चिनिएको थियो ।
नेपालमा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालबाट नै राजनीति सुरु गरे पनि पछि श्रेष्ठ कृष्णराज वर्मा समूहमा लागेका थिए । श्रेष्ठले राजनीतिसँगै समाज सेवा र साहित्यमा पनि निरन्तर योगदान दिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij