Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

स्वास्थ्य बिमामा आबद्ध बिरामीलाई व्यक्ति भएकै ठाउँबाट रिफरको व्यवस्था मिलाइने

स्वास्थ्य बिमामा आबद्ध बिरामीलाई व्यक्ति भएकै ठाउँबाट रिफरको व्यवस्था मिलाइने


  • 1.8K
    Shares

    स्वास्थ्य बिमामा आबद्ध बिरामीलाई व्यक्ति भएकै ठाउँबाट रिफरको व्यवस्था मिलाइने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमामा आबद्ध बिरामीलाई व्यक्ति भएकै ठाउँबाट रिफर दिने गरी तयारी गरेको छ ।

     स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सोमबार राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा रिफरल प्रणाली सहज बनाउने तयारी भएको जानकारी दिए ।

    रिफरल प्रणाली झन्झटिलो भइरहेको अवस्थामा व्यक्ति भएकै ठाउँबाट रिफर दिने गरी केही दिनमा नै निर्णय गर्दै छौँ, उनले भने ।

    स्वास्थ्यमा हाल राज्यले प्रदान गर्दै आएका कार्यक्रमको खर्चलाई बिमा कोषमा ल्याएर बिमामार्फत नै सबै रोगको उपचार हुने गरी प्रस्ताव गरी प्रधानमन्त्रीसमक्ष पुर्‍याएको उनले बताए ।

    साथै, स्ट्रोकको उपचारमा प्रयोग हुने औषधि पनि निस्शुल्क गर्ने तयारी भएको मन्त्री पौडेलले बाताए ।

     

    प्रकाशित मिति :पौष २९ २०८१ सोमवार - १५:२०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij