२०८२ भाद्र १ गते आइतवार
बर्दिया । बाघले मान्छेलाई आक्रमण गरेर सताइरहेको बर्दियामा हात्तीको पनि आक्रमण बढ्न थालेको छ ।
आइतबार दिउँसो १ बजे हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो । बगुवा सामुदायिक वनमा बाख्रा चराउन गएकी गेरुवा-१ की ६० वर्षीया भुन्टी बोहरालाई हात्तीले आक्रमण गरेको हो ।
बोहराको घटनास्थलमै मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशीम थापाले जानकारी दिए । उनका अनुसार दुईवटा हात्तीले ती महिलालाई आक्रमण गरेको थियो । पछिल्लो समय बर्दियामा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij