२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणमा शेयर आइपिओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता साधारण शेयर आइपिओ सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।
कम्पनीले साधारण सभाबाट साधारण शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेसँगै निष्कासनको प्रकृया अघि बढाएको छ । कम्पनीले शेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।
सो सम्बन्धमा कम्पनी र एनआईसी एशिया क्यापिटलका बिचमा सम्झौता भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij