Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

गिरिराज खनालले एकै वर्षमा ३४ लाखको अलैँची उत्पादन

गिरिराज खनालले एकै वर्षमा ३४ लाखको अलैँची उत्पादन


  • 1.7K
    Shares

    गिरिराज खनालले एकै वर्षमा ३४ लाखको अलैँची उत्पादन
    images

    काडमाडौं । नेपालमा भएन र राज्यले गरेन भन्नेको जमात उस्तै छ । कसैको मुख नताकी गर्नसके वार्षिक लाखौँ कमाउनेहरूको सङ्ख्या पनि कम छैन । पछिल्लो समय कृषि पेसा छोड्नेको सङ्ख्या बढ्दै गएको छ तर कृषि पेसाबाटै मनग्ये कमाउने किसानसमेत गाउँमा नै रमाइरहेका छन् । 

    कृषि पेसाबाट नै गर्नसके स्वदेशमा नै बसेर विदेशमा भन्दा दोब्बर बढी आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् इलाम सन्दकपुर गाउँपालिका–२ का निवर्तमान वडाध्यक्ष गिरिराज खनाल । उनले यसन्दकपुर गाउँपालिका–२ माइमझुवाका किसान गिरिराज खनालले मकैबारी मासेर लगाएको खेतीबाट ३० मन उत्पादन गरेको बताए। अलैँचीको मूल्य हाल १२ वर्षयताकै उच्च अर्थात् प्रतिमन एक लाख १५ हजार रहेको छ । ३० मन अलैँचीको प्रतिमन एक लाख १५ हजारको दरले पनि ३४ लाख ५० हजार पर्न जान्छ । यो उनको एकै वर्षको आम्दानी हो। 

    गाउँगाउँमा पुगेका ब्यापारीले महँङ्गो मूल्य लगाउने गरेका छन् । बजारमा व्यापारीले एक लाख १० हजारमाथि खरिद गर्ने गरेका छन् । निवर्तमान वडाध्यक्षसमेत रहेका खनालले लामो समयदेखि अलैँची खेती गर्दै आएका छन् ।सैवर्ष ३४ लाख माथिको अलैँची उत्पादन गरेका छन् । 

    बीचमा किसानले लगाएको अलैँची मासिँदा पनि आफूले सो खेती नछोडेको उनले बताए । केही वर्षअघि दानाबाट समेत अलैँची उत्पादन गरेर जिल्ला तथा जिल्ला बाहिरका किसान समक्ष बिरुवा पुर्‍याएको उनको भनाइ छ । 

    धेरै मेहनतसमेत नलाग्ने अलैँची खेतीबाट मनग्गे आम्दानी लिन सकिन्छ । सुरुमा बिरुवा रोप्दा बारी फँडानी गर्न र बिरुवा लगाउन केही खर्च हुने र अलैँची उत्पादन भएपछि टिप्न र छोडाउन खर्च हुने गरेको किसान खनालको भनाइ छ । समयसमयमा गोडमेल, मलजल र पानी लगाउनुपर्ने हुन्छ ।

    हाल उनले ३३ रोपनी र २४ रोपनीका दुईवटा प्लटमा सो खेती गरेका छन् । हिउँदको समयमा तुसारो पर्ने भएकाले यहाँ हिउँदका दिनमा तुसारोबाट जोगाउन ग्रिन नेट लगाउने गरिन्छ । उनले यसवर्ष करिब ३० मन अलैँची उत्पादन गरेका छन् । आगामी वर्षबाट अझैँ उत्पादन बढ्ने उनले बताए। अलेँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । गएको वर्ष लगाएको नयाँ बिरुवाबाटसमेत उत्पादन बढ्ने उनले बताए। 

    उनले जस्तै जिल्लाका अन्य किसानले समेत यस वर्ष अलैँचीबाट राम्रो रकम कमाइ गरेका छन् । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार बर्सेनि सवा चार अर्ब रुपैयाँ बराबरको अलैँची निकासी हुने गर्दछ । चालु आ .व .२०८१(८२ को पहिलो तीन महिनामा सात सय ८३।७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कमी हो । आ .व .२०८०(८१ को सोही अवधिमा एक हजार पाँच सय २५।९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो । 

    अलैँचीमा औषधीय गुण भएको नगदेबाली हो । यसबाट विशेष गरेर औषधिजन्य वस्तु निर्माण हुने गर्दछ । गर्मीमा समेत अलैँचीलाई शीतलता प्रदानका लागि प्रयोग गरिन्छ । मसलाका रूपमा समेत अलैँचीको प्रयोग हुन्छ । गाउँघरमा मासु पकाउँदा अलैँचीलाई जिरासँग मिसाएर पकाउने गरिन्छ । सर्वत पानीमा समेत यसलाई प्रयोग गरिने गरिन्छ ।

    नेपालबाट विदेश निर्यात हुने अलैँचीबाट पर्फिम वा सुगन्धित तेल निर्माण हुने गर्दछ । विकसित मुलुकमा यसबाट निर्माण भएको पर्फिम निकै मूल्यमा बिक्री हुने गर्दछ । नेपालमा उत्पादित अलैँचीको उचित प्रशोधन र प्रमाणीकरण नहुँदा अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न समस्या भइरहेको छ । 

    झापामा यसको प्रशोधनका लागि एउटा मात्र प्रशोधन केन्द्र हुँदा व्यवसायी समस्यामा परेको बताउँछन् ।

    प्रकाशित मिति :पौष १८ २०८१ बिहिवार - १४:२१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij