Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

पोखरामा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु

पोखरामा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु


  • 5.8K
    Shares

    पोखरामा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु

    पोखरा । पोखरामा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत दुई संक्रमितको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा पोखरा-१८ निवासी ५१ वर्षीय पुरुषको आइतबार राति ९:४५ बजे उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक बिनोदबिन्दु शर्माले वताए । पोखराका १८ का पुरूषको मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भई केन्द्रमै उपचार शुरु गरिएको थियो ।

    यस्तै स्याङ्जाको वालिङ नगरपालिका-१४ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको छ ।स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार केन्द्रमा उपचाररत उनको बिहान २:१० बजे मृत्यु भएको हो ।

     

    प्रकाशित मिति :मंसिर १५ २०७७ सोमवार - १५:१२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij