Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

लेकसाइडमा शनिबारदेखि सडक महोत्सव सुरु

लेकसाइडमा शनिबारदेखि सडक महोत्सव सुरु


  • 1.9K
    Shares

    लेकसाइडमा शनिबारदेखि सडक महोत्सव सुरु
    images
    • अंग्रेजी नयाँ वर्षका अवसरमा शनिबारदेखि २६औं पोखरा सडक महोत्सव सुरु

    पोखरा । फेवाताल पारि रंगीचंगी हट एयर बेलुन उडिरहेका छन् । तालवारि लेकसाइडमा शनिबारदेखि सडक महोत्सव सुरु भएको छ । आइतबार र सोमबार फेवातालमा ड्रागन बोट रेस फेस्टिभल हुँदै छ । जल, जमिन र आकाशसम्म यतिबेला पोखरा महोत्सवमय छ । 

    अंग्रेजी नयाँ वर्षका अवसरमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले लेकसाइडमा आयोजना गर्ने पोखरा सडक महोत्सवको २६औं संस्करण शनिबारबाट सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलका रूपमा पोखरालाई प्रवर्द्धन गर्ने उद्देश्यले लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव चलिरहेको छ ।

    रेबान पोखराले ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको छ । पुस १७ सम्म हुने यो महोत्सव कोमागाने पार्कदेखि गैह्राको चौतारासम्मको क्षेत्रमा हुन्छ । सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गरे ।

    महोत्सवको मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा प्रदर्शन, झाँकी प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट छन् ।

    प्रकाशित मिति :पौष १४ २०८१ आइतवार - ०७:५६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij