२०८२ भाद्र १ गते आइतवार
दुबईले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । दुबईको अल तानम्याह शभिर्स (al tanmyan services) कम्पनीले क्लिनर पदका लागी १ सय १० पुरुष र ७० महिला कामदारको माग गरेको छ । जसको तलब खान बस्न सहित २९ हजार भन्दा माथि नेपाली रुपैयाँ हुनेछ ।
यस्तै दुबईको शारजहा शहरको एप्लोना साम फेसलिटिज मेनेजमेन्ट (apleona sam facilites management) कम्पनीले सेक्युरिटी गार्ड र क्लिनर पदका लागी २ सय ६८ पुरुष र ४३ महिला कामदारको माग गरेको छ । जसको तलब खान बस्न सहित सेक्युरिटी गार्डको ५१ हजार भन्दा माथि र क्लिनरको २५ हजार भन्दा माथि हुनेछ ।
२ वर्षको करार अवधि रहेको कम्पनीमा हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्नेछ । कामदारले कम्पनीको नियम अनुसार ओभर टाइम र वार्षिक बिदा पाउने छन् । जान चाहाले इच्छुकले सपोर्ट ह्युमन रिसोसेज प्रा. लिको कार्यालय सिनामंगलमा सम्पर्क राख्न सक्नुहुनेछ छ ।
अन्तर्वार्ता यही वैशाख ३ गते मेनपावरको कार्यालयमा हुनेछ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्नेछ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij