Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

वैदेशिक व्यापार : ६ खर्बको आयात हुँदा ७३ अर्ब मात्रै निर्यात

वैदेशिक व्यापार : ६ खर्बको आयात हुँदा ७३ अर्ब मात्रै निर्यात


  • 2.0K
    Shares

    वैदेशिक व्यापार : ६ खर्बको आयात हुँदा ७३ अर्ब मात्रै निर्यात
    images

    काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा ७ खर्बभन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि मंसिरसम्मको अवधिमा ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।

    यो व्यापार गत आवको सोही अवधिको ४२१ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ बराबरको व्यापार भएको थियो ।

    भन्सार विभागका अनुसार चालू आवको पाँच महिनामा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३ प्रतिशत बढी हो । सो अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

    त्यस्तै, चालू आवको पाँच महिनामा ७३ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १६.५४ प्रतिशत बढी हो । त्यसबेला ६३ अर्ब २० करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।

    यस अवधिमा नेपालले ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १.५२ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा नेपालले ५ खर्ब ७९ अर्ब बराबरको व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

    प्रकाशित मिति :पौष ७ २०८१ आइतवार - १७:०७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij