२०८२ माघ १० गते शनिवार
काठमाडौं । युनिलिभर नेपालको लोकप्रिय ब्रान्ड क्लोजअपले यसपटक भ्वाइस अफ नेपालको नयाँ सिजन प्रायोजन गर्ने सम्झौता सम्पन्न गरेको छ । क्लोजअपले नेपाली संगीत क्षेत्रको एउटा ठूलो मञ्च भ्वाइस अफ नेपालसँग सहकार्य गर्दै नयाँ प्रतिभाहरूलाई अवसर र प्रेरणा प्रदान गर्न लागेको हो ।
भ्वाइस अफ नेपाल, आफ्नो सुरुवातकालदेखि नै नयाँ र फ्रेस गायक–गायिकाको प्रतिभा उजागर गर्दै उनीहरूलाई नेपाली संगीत क्षेत्रमा स्थापित गराउने उद्देश्यले अग्रसर हुँदै आएको छ र यसको लोकप्रियता बढ्दै गइरहेको छ ।
युनिलिभर नेपालका मार्केटिङ हेड सौरभ कारञ्जित भन्छन्, ‘‘क्लोजअप सधैँ आफ्ना उपभोक्तालाई आत्मविश्वास र ताजापनको महसुस गराउन समर्पित छ । भ्वाइस अफ नेपालसँगको सहकार्यले यस सन्देशलाई अझ व्यापक बनाउँदै नेपाली संगीतप्रेमीहरूको मन मुटुमा स्थान बनाउने हाम्रो प्रयास हो ।’’
भ्वाइस अफ नेपालको आयोजक टोलीले पनि क्लोजअपसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै भनेको छ –यो साझेदारीले आयोजक र प्रतियोगी दुवैलाई थप प्रेरणा र हौसला प्रदान गर्नेछ । यो साझेदारीले नयाँ पुस्ताको प्रतिभा निखार्ने र संगीत क्षेत्रलाई थप ऊर्जाशील बनाउने मार्गहरू उजागर गर्ने अपेक्षा भ्वाइस अफ नेपालका आयोजकले लिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij