Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेष्डो समृद्ध लघुवित्तले १५ प्रतिशत बोनस दिने

नेष्डो समृद्ध लघुवित्तले १५ प्रतिशत बोनस दिने


  • 1.5K
    Shares

    नेष्डो समृद्ध लघुवित्तले १५ प्रतिशत बोनस दिने
    images

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त संस्था लिमिटेडले शेयरधनीलाई १५ प्रतिशत बोनस दिने भएको छ ।

    कम्पनीको हिजो बसेको ९९औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट बोनस दिने घोषणा गरेको हो ।

    कम्पनीका सचिव कमल प्रसाद शर्माका अनुसार चुक्ता पुँजीको ३ करोड ६३ लाख ३७ हजार ५०० रुपैयाँ बराबर १४।२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरेर १९ लाख १२ हजार ५०० रुपैयाँ हुन आउने ०।७५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

    हाल कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी वार्षिक साधारणसभाले पास गरेपछि शेयरधनीलाई वितरण गर्ने कम्पनीले जनाएको छ ।

    प्रकाशित मिति :पौष ३ २०८१ बुधवार - ११:२५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij