Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

वैशाख ६ र ७ मा भिटामिन 'ए' खुवाइँदै, कोरोना जोखिमबाट जोगिन ११ बुँदे निर्णय

वैशाख ६ र ७ मा भिटामिन 'ए' खुवाइँदै, कोरोना जोखिमबाट जोगिन ११ बुँदे निर्णय


  • 10.1K
    Shares

    • images
    वैशाख ६ र ७ मा भिटामिन 'ए' खुवाइँदै, कोरोना जोखिमबाट जोगिन ११ बुँदे निर्णय
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

    मन्त्रालयले अभियानका क्रममा आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्र पठाएको छ।

    अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने छ । यस्तै ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा वितरण समेत गरिने छ ।

    कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले मन्त्रालयले ११ बुँदे निर्णय गर्दै अभियानका क्रममा सोही अनुसार अगाडि बढ्न भनेको छ । मन्त्रालयले अभियानका क्रममा जनस्वास्थ्यका मापदण्ड पालना गर्नेदेखि बालबिलकाको पाखुराको मध्य परिधिको नाप लिने कार्यक्रम स्थगन गर्नेसम्मको रहेको छ ।

    nirnaya.jpg

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - १४:३९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij