Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सन्तोषनारायण, मुक्तिनाथ र नवराज मध्ये को बन्दैछ धितोपत्र बोर्डको अध्यक्ष ?

सन्तोषनारायण, मुक्तिनाथ र नवराज मध्ये को बन्दैछ धितोपत्र बोर्डको अध्यक्ष ?


  • 1.8K
    Shares

    सन्तोषनारायण, मुक्तिनाथ र नवराज मध्ये को बन्दैछ धितोपत्र बोर्डको अध्यक्ष ?
    images

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

    बोर्ड अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको स्रोतले बतायो । स्रोतका अनुसार सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा उनीहरूलाई सिफारिस गरेको हो ।

    आइतबार मात्रै बोर्डका कार्यकारी निर्देशक अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । सर्टलिस्टमा परेका अर्का उम्मेदवार बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अनुपस्थित रहे ।

    \यसअघि दुई उम्मेदवार सन्तोषनारायण र मुक्तिनाथले अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका थिए । सन्तोषनारायण नेपाल विद्युत् प्राधिकरणका पूर्व सञ्चालक हुन् भने मुक्तिनाथ श्रेष्ठ धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् ।

    सिफारिस समितिबाट सिफारिस भएका तीनै जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नेछ भने सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले उनीहरूमध्ये एक जनालाई नियुक्त गर्ने सम्भावना छ । धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ । यसअघि सर्टलिस्टमा परेका दुई जनाले मात्रै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेपछि सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन ।

    नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न समितिका तिनै सदस्य रहनेगरी अर्को सिफारिस समिति बनाएको थियो ।

    प्रकाशित मिति :मंसिर ९ २०८१ आइतवार - २०:४८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij