Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

राष्ट्र बैंकको रिपोर्ट

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो


  • 1.3K
    Shares

    विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो
    images

    काठमाडौं । देशमा भएको विदेशी विनिमय सञ्चिति सवा २२ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार असोज मसान्तसम्म यस्तो सञ्चिति २२ खर्ब ३२ अर्ब पुगेको हो ।

    भदौ मसान्तसम्म यस्तो सञ्चिति २१ खर्ब ५२ अर्ब रुपैयाँ रहेको थियो । यस अनुसार एक महिनामा मात्रै यस्तो सञ्चिति ८० अर्ब रुपैयाँले बढेको छ ।

    यसमध्ये राष्ट्र बैंकसँगको सञ्चिति १९ खर्ब ८८ अर्ब रहेको छ भने बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ४४ बराबरको सञ्चिति कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

    यो सञ्चितिले १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो महिनासम्म १६.८ महिनाको वस्तु र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको थियो ।

    यो अवधिमा चालु खाता १ खर्ब ११ अर्ब र शोधनान्तर स्थिति १ खर्ब ८५ अर्बले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो महिनासम्म चालु खाता ४९ अर्ब ६९ र शोधनान्तर अवस्था १ खर्ब १ अर्ब ७७ करोड रुपैयाँले बचतमा थियो ।

    प्रकाशित मिति :मंसिर ४ २०८१ मंगलवार - १५:१३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij