Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

राष्ट्र बैंकको रिपोर्ट

३ महिनामा भित्रियो ४ खर्ब बढी रेमिट्यान्स

३ महिनामा भित्रियो ४ खर्ब बढी रेमिट्यान्स


  • 1.6K
    Shares

    ३ महिनामा भित्रियो ४ खर्ब बढी  रेमिट्यान्स
    images

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ११.५ प्रतिशतले वृद्धि भएको छ ।

     नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि असोजसम्मको अवधिमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको हो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । 

    तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि १ लाख ७० हजारभन्दा बढी युवा बिदेसिएका छन् । तथ्याङ्क अनुसार असोजसम्म संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ लाख १० हजार ६५४ छ ।

     त्यस्तै ५९ हजार ९३९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख १३ हजार ३९७ र ४९ हजार २९७ थियो ।

     

    प्रकाशित मिति :मंसिर ४ २०८१ मंगलवार - १४:४४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij