Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

पाथीभरा मन्दिरमा कार्तिकमा मात्रै ३७ लाख ४४ हजार भेटी

पाथीभरा मन्दिरमा कार्तिकमा मात्रै ३७ लाख ४४ हजार भेटी


  • 2.0K
    Shares

    पाथीभरा मन्दिरमा कार्तिकमा मात्रै ३७ लाख ४४ हजार भेटी
    images

    काठमाडौं ।   पाथीभरामा कात्तिक महिनामा मात्रै ३७ लाख ४४ हजार ७ सय ५० रुपैयाँ भेटी संकलन भएको छ । आर्थिक वर्ष सुरु भएयता यो सबैभन्दा बढी रकम हो । 

    पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङद्वारा प्रेषित सूचनामा उल्लेख भए अनुसार कार्तिकमा ६१ हजार १ सय ७३ तीर्थयात्री आएका थिए । पाथीभरामा तीर्थयात्रीले चढाएको भेटी रकम कर्मचारीले संकलन गर्ने गरेका छन् । त्यही रकम सदरमुकाम फुङलिङ ल्याउने र गणना गरेर बैंकमा जम्मा गर्ने गरिन्छ । गणना सकिएपछि समितिले हरेक महिनाको भेटी सार्वजनिक गर्दै आएको छ ।

    समितिले सरसफाई अभियानमा सहभागीलाई धन्यवाद दिएको छ । शनिबार काफ्लेपाटीदेखि मन्दिररसम्म बृहत सरसफाई अभियान सञ्चालन गरेको थियो । सहभागी तीनैवटा सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी, स्थानीयलाई धन्यवाद दिएको हो ।

    समितिले ८ सय २५ केजी प्लाष्टिकजन्य वस्तु, २५ केजी सिसाका बोतल, ६५ केजी टिन र काठका टुक्रा तथा ६५ केजी फलामका टुक्रा संकलन गरेर व्यवस्थापन गरेको पनि जनाएको छ । प्लाष्टिकजन्य वस्तुहरुलाई जलाएर नष्ट गरिएको र नकुहिने तथा नसड्ने वस्तुलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिएको कार्यकारी निर्देशक हाङबाङले जानकारी दिए । 

    प्रकाशित मिति :मंसिर ३ २०८१ सोमवार - १२:०२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij