Logo

२०८२ आश्विन ३१ गते शुक्रवार

२०८२ आश्विन ३१ गते शुक्रवार

हिरो भन्दा कम थिएनन् प्याराग्लाइडिङ दुर्घटना मृत्यु भएका पाइलट राजु गैरे

हिरो भन्दा कम थिएनन् प्याराग्लाइडिङ दुर्घटना मृत्यु भएका पाइलट राजु गैरे


  • 10.0K
    Shares

    हिरो भन्दा कम थिएनन् प्याराग्लाइडिङ दुर्घटना मृत्यु भएका पाइलट राजु गैरे
    images

    पोखरा । पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा १ जनाको मृत्यु हुनाका साथै एक घाइते भएका छन् ।

    सोमबार दिउँसो अन्दाजी १ बजेको समयमा पोखरा महानगर पालिका वडा नम्वर – १८ सराङकोट बाट उडेको फिष्टेल कम्पनीको प्याराग्लाईडिङ उडान भरेर ल्याण्ड गर्ने क्रममा सोही वडाको क्यामचोकमा दुर्घटना हुँदा प्याराग्लाईडिङमा सवार प्यारा पाइलट पोखरा-२८ कालिका घर भइ हाल पोखरा-६ लेकसाइड बस्दै आएका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    ffdff.jpg

    प्रहरीका अनुसार गम्भीर घाइते नेपालीलाई तत्काल उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । यस्तै दुर्घटनामा परी प्याराग्लाईडिङमा सवार काठमाण्डौ जिल्ला बुढानिलकन्ठ नगरपालिका-२ वासिकु बस्ने २८ वर्षीया शिला श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

    कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार घाइते श्रेष्ठको अवस्था चिन्ताजनक रहेको छ । प्याराग्लाईडिङ अवतरण स्थान भन्दा झन्डै २ किलोमिटर माथि दुर्घटना भएको थियो । स्थानीयले घटना थाहा पाए लगत्तै घाइतेको उद्धारमा जुटेका थिए ।

     

     

    प्रकाशित मिति :मंसिर १४ २०७७ आइतवार - १७:०५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij