२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयरको निष्काशनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गरेको छ ।
लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु.१००\- अंकित दरका रु.१,७६१,००५,०००\-रकम बराबरको १,७६,१०,०५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको हो ।
उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र मुनलाईट हाइड्रोपावरकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका छन् ।
मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपािलकामा रहेका २२.१४ मेगावाट क्षमताको बलेफी-ए जलबिद्युत आयोजना निर्माणाधिन गरी हाल ७० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij