Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्लेटफर्म एक, फाइदा अनेक – Fonepoints सँग ईसेवाको प्रारम्भिक साझेदारी

प्लेटफर्म एक, फाइदा अनेक – Fonepoints सँग ईसेवाको प्रारम्भिक साझेदारी


  • 2.8K
    Shares

    प्लेटफर्म एक, फाइदा अनेक – Fonepoints सँग ईसेवाको प्रारम्भिक साझेदारी
    images

    काठमाडौं । Fonepoints एक एकृकीत लौयल्टी म्यानेजमेन्ट प्लेटफर्म हो । जसद्वारा व्यवसायहरुले आफ्ना प्रयोगकर्तालाई विविध प्वाइन्ट र अफर प्रदान गर्दै अद्भुत व्यवसायीक अनुभव प्रदान गर्न सक्छन् ।

    प्रयोगकर्ताहरूले आफ्नो संलग्नता रहेको विभिन्न वित्तीय कारोवारबाट आर्जन गरेकोे प्वाइन्टस्लाई एकै ठाउँबाट सजिलै हेर्न  र आफ्नो इच्छा अनुसार व्यवस्थापन गर्दै अनगिन्ती आर्कषक अफरहरु अवलोकन गरि तिनको उपभोगगर्ने अवसर Fonepoints ले प्रदान गर्दछ ।

    Fonepoints का प्रयोगकर्ताहरूले विभिन्न व्यवसायीक पार्टनरहरूसँग संलग्न भएर लौयल्टी प्वाइन्टस् (जसलाई ''Fonepoints” पनि भनिन्छ) आर्जन गर्न सक्नेछन् ।

    eSewa ले Fonepoints  सँग आबद्ध रहेका विभिन्न पार्टनरहरुबाट आर्जन गरेको लौयल्टी प्वाइन्टस् लाई एक ठाउँमा एकृकीत गर्दछ, जसले प्रयोगकर्तालाई ती प्वाइन्टहरुप्रयोग गरि आर्कषक अफर, छुट तथा उपहारहरु प्राप्त गर्ने अवसर प्रदान गर्दछ ।

    नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुण्स्तरीय बनाउने लक्ष्यका साथ eSewa ले Fonepoints सँग सहकार्य गर्ने निर्णय गरेको छ ।

    प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभुती प्रदान गर्ने हेतु नियमीत प्रयोगकर्ताहरूलाई दिईने लौयल्टी प्वाइन्टस्लाई एकीकृत गर्ने विकल्प दिइएको छ ।

    एकीकृत गरिएका लौयल्टी प्वाइन्टस् प्रयोग गरि विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन, र उपभोग गर्ने प्रक्रियाहरूलाई सरल बनाउने यस साझेदारीको लक्ष्यरहेको छ । 

    Fonepoint को सुरुवातसँगै कम्पनीले प्रयोगकर्ताहरूलाई लौयल्टी अभियानहरूप्रति अझ बढी आकर्षित गर्न खोजेको छ ।

    यसले प्रयोगकर्ताहरूलाई आफ्नो संकलित प्वाइन्टलाई प्रयोग गर्नविभिन्न प्रकारका विकल्पहरू उपलब्ध गराइथप सुविधा र सन्तुष्टि दिने मात्र नभएर अझ बढी डिजिट कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य राख्दछ ।

    Fonepoint का CEO सागर पौडेलको अनुसार यस प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका लागि सजिलो र सहज प्रक्रिया प्रदान गरिएको छ ।

    यसको सरल प्रक्रियाहरूले प्रयोगकर्ताहरूलाई जटिलताको सामना गर्न नपर्ने बनाउन मद्दत गर्दछ ।

    यो प्रक्रिया सिधै Fonepointएपबाट पनि गर्न मिल्ने भएका कारणले, प्रयोगकर्ताहरूले बीचमा अन्य चरणहरू पार नगरीकनै छिटो सेवा प्राप्त गर्न सक्नेछ ।

    यसले प्लेटफर्ममा प्रयोगकर्ताहरूको रुचि बढाउनुकको साथै Fonepointको विस्तार गर्न सहयोग गर्न सक्ने कुरा जोड दिनु भएको छ  ।

    प्रकाशित मिति :कार्तिक ११ २०८१ आइतवार - १३:०६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij