Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

असोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुग्दा २ करोड तीन लाख बढी राजस्व सङ्कलन

असोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुग्दा २ करोड तीन लाख बढी राजस्व सङ्कलन


  • 1.8K
    Shares

    असोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुग्दा २ करोड तीन लाख बढी राजस्व सङ्कलन
    images

    सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महीना झन्डै ९ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा ८ हजार ९०० दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । 

    जसबाट निकुञ्जले २ करोड तीन लाख ४८ हजार ५५३ रूपैयाँ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिए । उनका अनुसार निकुञ्जले प्रतिपर्यटक नेपाली १००, सार्क मुलुक १ हजार ५०० र अन्य मुलुक ३ हजार प्रवेश शुल्क लिने गरेको छ । 

    चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा १२५ तथा भदौमा १ हजार ३३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सो महीनामा ३ लाख ४५ हजार ९७५ र भदौमा ३२ लाख ३६ हजार ६९६ राजस्व सङ्कलन भएको कर्मचारी श्रेष्ठले बताए ।

    सिजनमा दैनिक १ हजार जनाभन्दा बढी पर्यटक प्रवेश हुने सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । सगरमाथा क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले वताइन् । 

    प्रकाशित मिति :कार्तिक ११ २०८१ आइतवार - ०७:५६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij