Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नर्सरी व्यवसायी संघले ‘दोस्रो तिहार फ्लोरा एक्स्पो २०८१’ आयोजना गर्दै, ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा

नर्सरी व्यवसायी संघले ‘दोस्रो तिहार फ्लोरा एक्स्पो २०८१’ आयोजना गर्दै, ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा


  • 1.9K
    Shares

    नर्सरी व्यवसायी संघले ‘दोस्रो तिहार फ्लोरा एक्स्पो २०८१’ आयोजना गर्दै, ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा
    images

    काठमाडौँ नर्सरी व्यवसायी संघ नेपालले पाँच दिवसीय राष्ट्रिय स्तरका दोश्रो तिहार फ्लोरा एक्स्पो–२०८१ आयोजना गर्ने भएको छ ।

    बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले तिहारलाई लक्षित गर्दै पुष्प, फलफूल, कृषि, वन तथा जडिबुटी नर्सरीका व्यवसायीक उत्पादनहरुको बृहत प्रदर्शनीको रुपमा कार्तिक ०९ देखि १३ गतेसम्म भृकुटिमण्डपको प्रदर्शनी स्थलमा दोश्रो तिहार फ्लोरा एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएका हुन् ।

    सोही क्रममा नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले आयातलाई प्रतिस्थापन गर्न, आत्मनिर्भर बन्न र युवा स्वरोजगारको सिर्जना गर्न एक्स्पोको आयोजना गर्न लागेको बताए ।

    उनले भने, ‘आयातलाई प्रतिस्थापन गर्न, आत्मनिर्भर बन्न र युवा स्वरोजगारको सिर्जना गर्न भनेर नर्सरी व्यवसायी संघ दर्ता गरेर कार्यक्रमहरु गर्दै आएका छौँ । आयात रोक्ने ज्ञान हामीसँग छ तर सरकारले यसको लागि सहज वातावरण बनाउनुपर्छ ।’

    ‘तिहारको महोत्सव, फूलको उत्सव’ भन्ने नाराका साथ नर्सरी र नर्सरी जन्य वस्तुको अत्याधिक परनिर्भरतालाई कम गर्दै स्वदेशी उत्पादन बढाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै उक्त एक्सपो आयोजना गरिएको हो । यस मेलाले आर्थिक मन्दिले सुस्ताएका अर्थतन्त्र विकासमा सहयोग गर्ने र कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायीहरुलाई उत्साहित गर्ने विश्वास लिएको पनि संघको भनाई छ ।

    यस मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफूल्ने फूल विरुवाहरु लगायत कृषि तथा वन, जडिबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरणको लागि राखिने छ । साथै, मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने छ ।

    यस संस्थाले व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिष्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ । प्रतिष्पर्धाको मुल्यांकन गर्न कृषि वागवानी बिज्ञ, बनस्पती बिज्ञ, साथै पुष्प विकास केन्द्रका प्रमुख सहितको संलग्नतामा ३ सदस्यीय मुल्यांकन समिति समेत गठन गरेको छ । यस मेलामा ६५ वटा व्यवसायीक स्टल लगायत वनस्पती विभाग, पुष्प विकास केन्द्र सहितको अफिसियल ३ स्टल तथा प्रतिष्पर्धाको २ वटा स्टल समेत जम्मा ७० वटा स्टल रहने छ ।

    यस मेलामा ३५ हजारले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ भने मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति सय र विद्यार्थीहरु र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० व्यवस्था गरिएको छ ।

    प्रकाशित मिति :कार्तिक ८ २०८१ बिहिवार - ०९:३१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij