Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मन्त्री सिंहका एकसय दिन : धरहरा संचालन, मन्त्री आवास निर्माण

मन्त्री सिंहका एकसय दिन : धरहरा संचालन, मन्त्री आवास निर्माण


  • 2.3K
    Shares

    मन्त्री सिंहका एकसय दिन : धरहरा संचालन, मन्त्री आवास निर्माण
    images

    काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेको सय दिनका उपलब्धीहरु सार्वजनिक गरेका छन् ।

    आइतबार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरेर सय दिनका उपलब्धीहरुलाई बुँदागत रुपमा सार्वजनिक गरेका हुन् ।

    सिंहले धरहरा निःशुल्क रूपमा चढ्न दिने लगायतका सरकारले गरेका राम्रा कामहरूको प्रचारप्रसार कम भएकोप्रति असन्तुष्टि पनि जनाए । उनले धरहरा परिसरमा वेसमेन्ट पार्किङ र बगैंचा निर्माण गरी संविधान दिवसका दिनदेखि सर्वसाधारणका लागि खुला गरिएको जानकारी दिए ।

    प्राकृतिक विपत्तिमा परेका नागरिकहरुका लागि आश्रय स्थल उपलब्ध गराएको, विभिन्न जिल्लामा स्वास्थ्य भवन निर्माण गरेको, जाजरकोट र रुकुमपूर्वमा भुकम्पबाट क्षतिग्रस्त भवन तथा स्वस्थ्य भवनहरुको पुननिर्माण गरेको, भैंसेपाटीमा मन्त्री आवाज निर्माण सम्पन्न गरी बसोबास सुरु गरिएको, झापाको दमकमा दमक व्यापारिक कम्प्लेक्स र चितवनमा सौराह सभाहल निर्माण सम्पन्न गरेको जानकारी गराइयो ।

    त्यस्तै थापाथलीस्थिति नेपाल राष्ट्र बैंकको बैंङ्गिक कार्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको साथै २५ वटा पालिकहरुको प्रशासकीय भवन निर्माण सम्पन्न भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

    प्रकाशित मिति :कार्तिक ६ २०८१ मंगलवार - ०७:०९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij