२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार असोज मसान्तमा नेपालको कुल सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ ।
भदौको तुलनामा असोज मसान्तमा ५ अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋण घटेको हो । भदौ मसान्तमा यस्तो ऋण २५ खर्ब २८ अर्बसरकारले तीन महिनामै लियो १ खर्ब ३६ अर्ब सार्वजनिक ऋण
रुपैयाँ रहेको थियो ।
कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ऋण प्राप्तिभन्दा भुक्तानीको रकम बढी भएको कारण ऋण दायित्व घटेको जनाएको हो । साथै विनिमयदरमा भएको परिवर्तनले भाद्र महिनासम्मको तुलनामा असोजमा ५ अर्ब ५८ करोडले सार्वजनिक ऋण घटेको विभागले उल्लेख गरेको छ ।
पहिलो त्रैमासमा ८८ अर्ब दायित्व बढ्यो
देशको आम्दानीको तुलनामा खर्च धेरै भएपछि पछिल्ला मुलुकको सार्वजनिक ऋणको आकार लगातार बढ्दै गएको छ । चालु आर्थिक वर्ष ९आव० २०८१–८२ को पहिलो त्रैमास अर्थात साउनदेखि असोजसम्ममा तिर्न बाँकी ऋणको दायित्व ८८ अर्ब ९३ करोड थपिएको छ ।
२०८१ साउन १ गतेसम्म २४ खर्ब ३४ अर्ब ९ करोड रहेको सार्वजनिक ऋणको दायित्व असोज मसान्तसम्म आइपुग्दा २५ खर्ब २३ अर्ब ३ करोड पुगेको छ । यस अवधिमा तिर्न बाँकी ऋणको दायित्व ८८ अर्ब ९३ करोड थप भएको छ ।
कार्यालयका अनुसार ३ महिनामा कुल १ खर्ब ३६ अर्ब ३१ करोड सार्वजनिक ऋण बढेको छ । जसमा १ खर्ब १५ अर्ब आन्तरिक ऋण र २१ अर्ब ३१ करोड बाह्य ऋण थपिएको हो ।
३ महिनामा सरकारले ८३ अर्ब ऋण तिर्यो
कार्यालयको तथ्याङ्क अनुसार साउन महिनामा सरकारले ६९ अर्ब ३ करोड ३ लाख रुपैयाँ ऋण भुक्तानी गरेको छ । जसमा १५९ अर्ब ६० करोड रुपैयाँ आन्तरिक ऋण भुक्तानी गरेको छ भने ९ अर्ब ४३ करोड ३ लाख रुपैयाँ बाह्य ऋण भुक्तानी गरेको छ ।
हरेक नेपालीको भागमा करिब ८६ हजार
हाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा करिब ८६ हजार रुपैयाँ बराबर पर्न आउँछ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ ।
यो जनसंख्याले असोजसम्मको तिर्न बाँकी सार्वजनिक ऋणलाई भाग गर्दा उक्त तथ्याङ्क निकालिएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले गत आर्थिक वर्षमा जीडीपी ५७ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij