Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

भदौको तुलनामा असोजमा घट्यो सार्वजनिक ऋण, २५ खर्ब २३ अर्ब तिर्न बाँकी

भदौको तुलनामा असोजमा घट्यो सार्वजनिक ऋण, २५ खर्ब २३ अर्ब तिर्न बाँकी


  • 2.5K
    Shares

    भदौको तुलनामा असोजमा घट्यो सार्वजनिक ऋण, २५ खर्ब २३ अर्ब तिर्न बाँकी
    images

    काठमाडौं । ऋण प्राप्तिभन्दा भुक्तानीको रकम बढी भएपछि असोज महिनामा नेपालको ऋण दायित्व घटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार असोज मसान्तमा नेपालको कुल सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ । 

    भदौ मसान्तमा यस्तो ऋण २५ खर्ब २८ अर्ब रुपैयाँ रहेको थियो । भदौको तुलनामा असोज मसान्तमा ५ अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋण घटेको हो ।

    असोज महिनामा सरकारले ३२ अर्ब २७ करोड रुपैयाँ बराबरको नयाँ ऋण लिएको छ । योसँगै चालु आर्थिक वर्षको ३ महिनामा लिएको ऋण १ खर्ब ३६ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । यो वर्ष सरकारले आन्तरिक र बाह्य समेत गरी कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको ऋण लिने लक्ष्य लिएको छ ।

    यसमध्ये आन्तरिक ऋणतर्फ भदौसम्म १ खर्ब १५ अर्ब र बाह्यतर्फ २१ अर्ब ३२ करोड रुपैयाँ बराबरको ऋण लिइएको छ । त्यस्तै, यो वर्ष कुल ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य रहेकोमा असोज मसान्तसम्म ८३ अर्ब ७ करोड ८१ लाख रुपैयाँ खर्च भएको छ । भदौ मसान्तसम्म यस्तो भुक्तानी ४७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।

     

    प्रकाशित मिति :कार्तिक ५ २०८१ सोमवार - १४:५३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij