२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ७ देखि ११ गते सम्म कोरोनाविरुद्ध खोपको दोस्रो डोज लगाउने कार्य सुरु गर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा खोप लगाएका व्यक्तिलाई दोस्रो डोज खोप दिने निर्णय गरेको हो । सोही अनुसार स्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने मिति र केन्द्रको सूची सार्वजनिक गरेको छ ।
प्रथम चरणमा पहिलो र दोश्रो प्राथमिकताका लक्षित समुहहरुलाई २०७७ माघ १४ देखी फागुन १० गते सम्म सो खोपको पहिलो मात्रा लिएकाहरुलाई २०७८ वैशाख ७ देखि ११ गते सम्म खोपको दोश्रो मात्रा लगाउने भएको हो ।
मन्त्रालयका अनुसार माघ १४ देखि फागुन १० गतेसम्म जुन खोप केन्द्रमा खोप लगाइएको हो सोही केन्द्रमा पुगेर खोप लगाउनु पर्नेछ । खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म लगाइने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij