Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

डेंगी संक्रमण तीव्र रूपमा फैलियो, देशभर १९ हजारभन्दा बढी संक्रमित

डेंगी संक्रमण तीव्र रूपमा फैलियो, देशभर १९ हजारभन्दा बढी संक्रमित


  • 3.1K
    Shares

    डेंगी संक्रमण तीव्र रूपमा फैलियो, देशभर १९ हजारभन्दा बढी संक्रमित
    images

    काठमाडौं । देशभर डेंगी संक्रमण तीव्ररुपमा फैलिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार डेंगी संक्रमितको संख्या १९ हजार ५ सय ९९ पुगेको छ । डेंगी संक्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् ।

    डेंगी संक्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेंगी संक्रमण सबैभन्दा बढी काठमाडौंमा फैलिएको छ । काठमाडौंमा हालसम्म तीन हजार एक सय तीन जना डेंगी संक्रमण भएको छ ।

    यस्तै, कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेंगी संक्रमण देखिएको छ । तनहुँमा २ हजार १०७, पर्वतमा १ हजार ५६२, चितवनमा ९७१, ललितपुरमा ८२७, गोरखामा ५८८, बाग्लुङमा ६१०, भक्तपुरमा ३५५ र स्याङ्जामा ३३५ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पोस्ट मनसुन सुरु हुँदा डेंगीको जोखिम बढ्ने सम्भावना हुन्छ । दसैँलगत्तै अस्पताल आउने डेंगीका बिरामी बढिरहेका छन् । समुदायमा डेंगी संक्रमण फैलिएको देखिन्छ, उनले भने ।

    २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएकोमा २० जनाको मृत्यु भएको थियो । डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने र सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।  

    प्रकाशित मिति :आश्विन ३० २०८१ बुधवार - १२:१३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij