२०८२ मंसिर १२ गते शुक्रवार
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलर, पाउन्डसहित सबैजसो विदेशी मुद्राहरुको विनियमदर घटबढ् भएको छैन। अर्थात् शनिबार जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबैजसो विदेशी मुद्राको कारोबार सोही मूल्यमा हुनेछ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ३२ पैसा कायम भएको छ। आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३० र बिक्रीदर ९० रुपैयाँ ७० पैसा निर्धारण भएको छ। त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६६ पैसा कायम भएको छ।
आज बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५५ पैसा कायम भएको छ।
हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij