२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहतकोषमा सत्तारूढ कांग्रेस–एमालेले ५०÷५० लाख सहयोग गरेका छन् । यी दुई दलले आइतबार उक्त कोषमा सो रकम सहयोग गरेका हुन् ।
सिंहदरबारमा कांग्रेस–एमाले पुगेर प्रधानमन्त्री केपी ओलीलाई भेटेर सहयोगका लागि चेक हस्तान्तरण गरिएको छ । चेक लिएर कांग्रेस सभापति शेरबहादुर देउवासहित अन्य शीर्ष नेताहरूले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका छन् ।
ओलीलाई भेटेर देउवाले आफ्नो पार्टीको तर्फबाट ३४ बुँदे सुझावपत्र पनि बुझाएका छन् । उनले असोज ११–१२ को वर्षाले निम्त्याएको विपद्को समस्या समाधानका लागि तत्कालीन एवं दीर्घकालीन सुझाव बुझाएका हुन् ।
त्यस्तै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका पार्टीका शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीलाई भेटेरै ५० लाखको सहयोगका लागि चेक हस्तान्तरण गरेका छन् । असोज १५ मा संसदीय एवं सचिवालय बैठकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहतकोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी प्रमुख प्रतिपक्षी माओवादी सांसदले सात दिनको तलब राहतकोषमा सहयोग गर्ने निर्णय गरेका छन् । त्यस्तै प्रतिपक्षी एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब सहयोग गर्नेछन् भने रास्वपाले हालसम्म सहयोगका लागि कुनै आधिकारिक निर्णय गरेको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij