Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद् बैठक आह्वान, अस्थायी आवास निर्माणबारे निर्णय हुँदै 

प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद् बैठक आह्वान, अस्थायी आवास निर्माणबारे निर्णय हुँदै 


  • 2.4K
    Shares

    प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद् बैठक आह्वान, अस्थायी आवास निर्माणबारे निर्णय हुँदै 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठक आह्वान गरिएको छ । सिंहदरबारमा आज (शुक्रबार) अपरान्ह ५ः०० बजेका लागि बैठक आह्वान गरिएको हो । 

    बाढीपहिरो र डुबान प्रभावितलाई अस्थायी आवास निर्माणबारे निर्णय हुनसक्ने एक मन्त्रीले जानकारी दिए । उनका अनुसार प्रत्येक बिहीबार बस्ने बैठक सार्वजनिक बिदाका कारण हिजो (बिहीबार) बस्न सकेन । त्यसैले आजका लागि आह्वान गरिएको हो । 

    बाढीपहिरो र डुबानबाट प्रभावितको अस्थायी आवास निर्माणका लागि मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने ती मन्त्रीले बताए । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ ।

    गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो । अझै १९ जना बेपत्ता छन् । घाइतेहरुको संख्या १६५ छ भने हालसम्म १७ हजारको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ ।

     

    प्रकाशित मिति :आश्विन १८ २०८१ शुक्रवार - ११:२५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij