Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

ओली ट्रोलको सिकार

प्रम ओलीको भाषिक बेइज्जती ढाकछोप गर्दै एमाले महासचिव भन्छन्– ‘गैँडाज’-‘डाँफेज’ शब्द स्थापित गरौँ 

प्रम ओलीको भाषिक बेइज्जती ढाकछोप गर्दै एमाले महासचिव भन्छन्– ‘गैँडाज’-‘डाँफेज’ शब्द स्थापित गरौँ 


  • 3.5K
    Shares

    प्रम ओलीको भाषिक बेइज्जती ढाकछोप गर्दै एमाले महासचिव भन्छन्– ‘गैँडाज’-‘डाँफेज’ शब्द स्थापित गरौँ 

    काठमाडौं । सत्ता साझेदार एमाले महासचिव शंकर पोखरेलले गैडाज–डाफेज शब्द स्थापित गर्नुपर्ने बताएका छन् । 

    शुक्रबार एमाले महासचिव पोखरेलले प्रधानमन्त्रीलाई अंग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको गुनासो गर्दै सामाजिक सञ्जाल फेसबुकमा यस्तो बताएका हुन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा भनेका ‘गैंडाज’ र ‘डाँफेज’ जस्ता शब्दलाई स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने बताए । 

    संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा ‘गैंडाज’ र ‘डाँफेज’ शब्द प्रयोग गरेका थिए । त्यसपछि सामाजिक सञ्जालमा उनलाई ट्रोल बनाइएको थियो ।

    तर प्रधानमन्त्री ओलीले केही समय पहिले नेपालमा पनि अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरुलाई सम्बोधन गर्ने क्रममा डाँफे र गैंडालाई अंग्रेजीमा समेत नेपाली नामबाटै सम्बोधन गर्न उचित हुने विषय उठाएको स्मरण पोखरेलले गरेका छन् । 

    ‘यद्यपि उहाँको त्यो विचारले अहिले नै मान्यता पाइहाल्छ भन्ने होइन । तर ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन,’ एमाले महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नु पर्दछ र त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नु पर्दछ ।’

    भाषाविद्हरूले प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय रूपमा भाषिक बेइज्जती भएको टिप्पणी गर्दै आएका छन् । उनीहरूले सामान्य बालबालिकाहरूले समेत गैँडा–डाँफेलाई अंग्रेजीमा उल्था गर्नछन् भने प्रधानमन्त्रीलाई यी सामान्य भाषागत ज्ञान नहुनु दुर्भाग्य भएको बताए । 

    ओलीको भाषिक बेइज्जत एमाले महासचिव शंकर पोखरेलले ढाकछोप गरेको कतिपयको बुझाइ छ । उनले सामाजिक सञ्जाल फेसबुकमा गैडाज र डाँफेज जस्ता शब्दहरूलाई स्थापित गर्नुपर्ने बताएका छन् । 

    प्रकाशित मिति :आश्विन १८ २०८१ शुक्रवार - १०:५८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij