Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

शिष्टाचार भेटवार्ता

प्रधानमन्त्रीसँग बंगलादेशी मन्त्रीको भेटवार्ता, ऊर्जा सहकार्यबारे सघन छलफल

प्रधानमन्त्रीसँग बंगलादेशी मन्त्रीको भेटवार्ता, ऊर्जा सहकार्यबारे सघन छलफल


  • 2.5K
    Shares

    प्रधानमन्त्रीसँग बंगलादेशी मन्त्रीको भेटवार्ता, ऊर्जा सहकार्यबारे सघन छलफल

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले भेट गरेकी छन् । 

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र बंगलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

    भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी थिए ।

    प्रकाशित मिति :आश्विन १७ २०८१ बिहिवार - १३:१७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij